कैलालीमा मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

कैलालीको धनगढीमा पसलबाट मोबाइल चोरी गर्ने प्रहरी निलम्बनमा परेका छन्
। धनगढी ट्राफिक चौराहामा रहेका ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता भएर ५ दिनको म्याद थप भएको थियो । म्याद थप हुनेबित्तिकै स्वतः निलम्बन हुन्छ ।’

लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्दा दर्ता गर्दै उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो । 

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो ।



 



  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १७:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया