सप्तरीमा कोरोनाको दुवै डोज खोप लगाएका व्यक्तिको कोरोनाबाट मृत्यु

सप्तरीमा कोरोनाको दुवै डोज खोप लगाएका व्यक्तिको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणविरुद्धको दुवै डोज खोप लगाए पनि एकजना पुरूषको शुक्रबार मृत्यु भएको छ ।

विष्णुपुर गाउँपालिका–७ का ६५ वर्षीय एक पुरुष बिरामी परेपछि उनलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका थिए । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

उपचारकै क्रममा शुक्रबार मृत्यु भएका मृतकले कोरोनाको खोप दुवै डोज खोप लगाएका थिए । यद्यपि, उनी विभिन्न रोगबाट पीडित थिए ।

योसँगै कोरोनाको तेस्रो लहरबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ । यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका– १ की ७५ वर्षीया वृद्धाको कोरोनाका कारण मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया