तनहुँमा ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण

तनहुँमा ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई  कोरोना पुष्टि भएको हो ।  

भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई संक्रमण पुष्टि भएको छ । तीन चिकित्सकसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए । 

स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै, सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएकालाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् ।  

शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।  सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।   





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ६:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया