बाजुरामा भालुको आक्रमणबाट एक जना घाइते
सांकेतिक तस्बिर

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

घाइते हुनेमा जिल्लाको बुढीगङ्गा नगरपालिका-४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् ।

हिजो घर नजिकैको जंगलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको नन्दाका छोरा राजेन्द्र रावतले जानकारी दिए । भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको रावतले बताए । 

घाइते महिलाको टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया