बाजुरामा एक किशाेर मृत अवस्थामा फेला

बाजुरामा एक किशाेर मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा हिमाली गाउँपालिका-१ विच्छ्याका अन्दाजी १६ वर्षीया पुष्पराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

प्रहरीका अनुसार उनी बडीमालिका नगरपालिका-८ थापाबाडामा डेरामा बस्दै आएका थिए । हिजो बिहान खाना खान बोलाउँदा उनी मृत भेटिएका थिए । 

मृतक बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया