मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको नेपालको नक्सा सच्यायो

मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको नेपालको नक्सा सच्याएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको चुच्चे सहितको नक्सा नहुँदा चौतर्फी आलोचना भएको थियो । मधेस सरकारले आइतबार पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवस हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको बताए । सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम दर्ता भएका प्रस्तावमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

‘प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको व्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरणसमेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १५:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया