राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेका रंगशाला, कभर्डहल र स्विमिङपुललगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ ।
राखेपले आइतबार एक सूचना जारी गर्दै रंगशालालगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जनाकारी दिएकाे हाे ।
सरकारले कोभिड-१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रम निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।