संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरिन्टको संक्रमण रहेको बताएको छ । मन्त्रालयको नियमित कोभिड-१८ सम्बन्धी ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले संक्रमण पुष्टि भएका ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण रहेको बताएका हुन् ।

'नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस जिन पोजिटिभ देखिए पनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ । यसले विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ,' उनले भने ।

प्रवक्ता अधिकारी नेपालमा थप २८ जनामा भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको पनि बताए । उनका अनुसार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि हो । यस्तै, चार जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको छ ।

'देशभरबाट एस जिन पोजिटिभ रहेका मध्यबाट संकलिन नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङको आज प्राप्त नतिजाअनुसार ३२ नुमनामध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ । बाँकी चार जनामा डेल्टा भेरियन्ट देखिएको छ,' उनले भने ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १७:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया