मधेस प्रदेशमा ६ महिनामा लागुऔषधसहित ६०५ जना पक्राउ

पछिल्लो ६ महिनाको अवधिमा मधेस प्रदेशमा लागुऔषधसहित ६०५ जना पक्राउ परेका छन् । 
 
प्रदेशको आठवटै जिल्लाबाट ६०५ जनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
 
मधेस प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले चालू आर्थिक वर्षको ६ महिनामा ५९४ पुरुष र ११ महिलासहित ६०५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
  
यस अवधिमा गाँजा १ हजार ७१९ किलो, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ किलो, हिरोइन ८३ ग्राम, डाइलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७२८ पिस र इन्जेक्सन २२ हजार ४४६ पिस बरामद भएको प्रवक्ता कार्कीले बताए । 
 
त्यस्तै,६ महिनाको अवधिमा करोडौँ मूल्यबराबरको भन्सार छली गरेर नेपाल ल्याइएका सामान समेत प्रहरीले बरामद गरेको छ । 

गत साउनदेखि पुससम्ममा प्रहरीले १८ करोड ८ लाख ५१ हजार १५६ रुपैयाँबराबरको सामग्री बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामान, सुन र चाँदी बरामद गरेको र त्यस्ता कार्यमा संलग्न १०४ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया