मंगलबारसम्ममा ४० लाख मोर्डना खोप आइपुग्ने

सरकारले मंगलबारसम्ममा ४० लाख मोर्डना खोप आइपुग्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने जनाएको हो । 

सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ ।

सरकारले १५ माघ देखि चार दिनका लागि खोप अभियान चलाउन विद्यालय खुल्ला गर्ने निर्णयसमेत गरेको छ । यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ । 

६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा अब मोर्डनाको खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जानकारी गराएको छ । 

काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई खोप दिइनेछ ।

त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ । 



उनका अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिकाले खोपका लागि भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १९:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया