शिक्षामन्त्री पौडेलका ५५ बुँदे योजना सार्वजनिक

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५५ बुँदे योजना सार्वजनिक गरेका छन्। उनले आफू मन्त्री भएपछिका २५ उपलब्धि पनि सार्वजनिक गरेका छन्।

मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको, छात्रवृत्ति विवरणको लागि कार्यविधि स्वीकृत गरी प्रक्रिया अगाडि बढाइएको, राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको, द्वन्द्वपीडित शिक्षकका समस्या समाधानका लागि पहल गरिएको लगायत २५ उपलब्धि सार्वजनिक गरेका हुन् । 

उनले योजनामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिने, सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने लगायत योजना पनि सार्वजनिक गरेका छन् । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २०:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया