मोटरसाइकल दुर्घटनामा दाङमा एकजनाको निधन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१२ का अरुण देवकोटाको दुर्घटनामा परी मृत्यु भएको हो । 

आइतबार बेलुका लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय रामप्रसाद सापकोटा घाइते भएका छन्। 

दुर्घटनामा चालक देवकोटा गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि लमही अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २०:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया