प्रश्नपत्र बाहिरिएको हल्ला भ्रामक : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाका प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचार–प्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थित रुपमा परीक्षा भइरहेको भन्दै आयोगको दाबी छ ।

‘केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार–प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेले सूचना जारी गर्दै भनेका छन्, ‘यसरी भ्रामक विषयवस्तु सञ्चार गर्नेप्रति आयोग आफैँ र केन्द्रीय अनुसन्धान ब्युरो व्यवस्थित रुपमा अनुसन्धानमा संलग्न भइरहेको छ ।’

परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।

माघ १० गतेको परीक्षा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २१:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया