कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार

कैलालीको गोदावरी नगरपालिका ९ बल्मीमा श्रीमान्ले श्रीमतीको हत्या गरी फरार भएका छन्। स्थानीय परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन्।

सामान्य घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोख्रेलले जानकारी दिए। 

आफू घटनास्थलमै रहेको र अभियुक्त भने फरार रहेको उनले बताए। फरारको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २१:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया