राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

पाँच दलका शीर्ष नेतारुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गर्न लागेका हुन् । 

उनीहरुले भोलि वा निर्वाचनका अघिल्लो दिन यस्तो संयुक्त अपिल आह्वानका लागि ड्राफ्ट तयार गरेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् । 

यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागबन्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमतिअनुसार उम्मेदवारी दर्ता गरिएको थियो । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २१:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया