२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

शंकर पोखरेलको आरोप : देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड

नेकपा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ०५९ सालको जस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव टार्न खोजेको बताएका हुन् ।

पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए । त्यस्तै, महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मोहरा बनाएको आरोप पनि लगाएका छन् ।  



‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड..,’ पोखरेलले लेखेका छन् । 





  • प्रकाशित मिति : १० माघ, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया