फ्रेन्च लिग वानअन्तर्गत गएराति भएकाे खेलमा घरेलु टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रिम्समाथि ४-० काे फराकिलाे जित हात पारेकाे छ । पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन मार्काे भेराटी, सर्जियो रामोस र डानिलो पेरेइराले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
४४ औं मिनेटमा भेराटीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ६२ औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले टाेलीका लागि लिग वानमा चार खेल खेल्दा पहिलाे गाेल गरेका हुन् ।
रामाेस यही समरमा स्पेनिस क्लब रियल मड्रिडबाट पेरिस आएका हुन् । ६७ औं मिनेटमा वोआउट फाइसले आत्मघाती गोल गरेपछि पिएसजी ३-० ले अघि बढ्याे ।
७५ औं मिनेटमा पेरेइराले गोल गर्दै टाेलीलाई ४-० फराकिलो जित दिलाए । याे जितसँगै शीर्ष स्थानकाे पिएसजीले २२ खेलमा ५३ अंक जाेड्दा पराजित रिम्स २४ अंकका साथ १४ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।