दाङमा मोरटसाइकल दुर्घटना : एकको मृत्यु, एकजना गम्भीर घाइते

दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आइतबार साँझ लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-१२ का करिब २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार चितवन भरतपुर-७ का रामप्रसाद सापकोटा दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ८:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया