चीनले बेलायतलाई दियो चेतावनी

चीनले बेलायतलाई चेतावनी दिंदै ‘कोल्ड वार प्लेबुक’को पालना नगर्न भनेको छ । 

बेलायतले अष्ट्रेलियासँग चीन–रुस विरुद्ध वैचारिक गुटका संयोजन गर्ने बताएपछि चीनले उक्त चेतावनी दिएको हो । 

बेलायत र अष्ट्रेलियाबीच अंकुश नामक सुरक्षा सम्झौता अघि बढाउने सहमति समेत भएको छ । अंकुश सम्झौतामा अमेरिका, बेलायत र अष्ट्रेलिया सहभागी रहेका छन् । 

अंकुश सम्झौताको उदेश्य एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्नु रहेको छ । यसैकारण चीन उक्त सम्झौताका कारण चिढिएको हो । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्थानीय मुद्दाबाट जनताको ध्यान अन्यत्र मोड्न अहिले चीन विरुद्ध लागेको आरोप चीनले लगाएको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १०:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया