मच्छिन्द्रसँग संकटा पराजित

मछिन्द्र क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । 

मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १(१ गोलको योगदान दिए । 

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेको मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दोश्रो गोल गरे । 

खेलको ६३औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४औं मिनेटमा र ८६औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल हाने ।   

मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १८:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया