बैतडीमा कोरोनाको जस्तै लक्षण देखिएर बाख्रा मरे

बैतडीमा कोरोनाको जस्तै लक्षण देखिएर बाख्रा मरेका छन् । मेलौली नगरपालिका–५ मा केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आख्रामा चिप्रा आउने तथा र्‍याल काढ्ने लक्षण देखिएपछि बाख्रा मर्न थालेको स्थानीयले बताएका छन् ।

गत एक महिनाको अवधिमा मेलौली–५ का करिब २० बाख्रा मरिसकेको स्थानीयको भनाइ छ । बाख्रामा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै संकटमा परेको भन्दै किसान चिन्तित बनेका छन् ।

केही बाख्रामा समस्या देखिएपछि नगरपालिकाका कृषि शाखा प्रमुख गएर हेर्दा बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उनले बताएका छन् । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १९:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया