प्रियंकाको ७५ फिट लामो वेडिङ भेल !

भारत– चार दिनअघि अमेरिकी गायक निक जोनससँग बिहे गरेकी बलिउड स्टार प्रियंका चोपडाले आफ्नो वेडिङ ड्रेसबारे इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकी छिन् । 

राल्फ लरेनले डिजाइन गरेको सेतो भेल ७५ फिट लामो थियो । यसमा २० लाखभन्ला बढी मोतीका लहरजस्ता अनुक्रमहरु गाँसिएका थिए । यो क्रिस्चियन संस्कारको विवाहमा लगाइने ड्रेस हो ।

भेल यति ठूलो थियो कि, यसलाई सम्हाल्न एउटा टिम नै लागिपरेको थियो । 

यो भेल प्रियंकाले शनिबार जोधापुरको उमेद भवनको चौरमा आयोजित समारोहमा पहिरिएकी थिइन् । समारोह जोनका पिता पास्टर केभिन जोनसले सञ्चालन गरेका थिए । 

पिपुल म्यागजिनसँग कुरा गर्दै प्रियंकाले आफ्नो विवाह एक ‘रिलिजियस म्यासप’ भएको बताइन् । 



प्रियंकाको तीन दिने विवाह हिन्दु र क्रिस्चियन दुवै परम्परामा सम्पन्न भयो । शनिबार क्रिस्चियन परम्पराअन्तर्गत बिहे गरेका निक र प्रियंकाले आइतबार हिन्दु परम्परा बिहे गरे । 



सामाजिक सञ्जालमा प्रियंकाको वेडिङ ड्रेसबारे चर्चा चुलिएको छ । उनको भेललाई लिएर लिएर थुप्रै ट्रोलसमेत बनेका छन् ।

पछिल्ला वर्ष हलिउडमा जम्न थालेकी प्रियंका र हलिउड गायक निक सेप्टेम्बरदेखि प्रेममा थिए । 

  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार २२:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया