छोरी चाहन्छन् आदित्य, सेयर गरे श्रीमतीसँगको बेबी बम्प

नेपाली मूलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्य नारायण बाबु बन्ने भएका छन् । उनले सामाजिक सन्जालमा आफ्नी श्रीमती श्वेतासँगको एउटा तस्वीर सेयर गरेका छन् । अहिले यो तस्वीरको चर्चा निकै बढेको छ ।

सामाजिक सन्जालमा बेबी बम्पको तस्वीर सेयर गरेपछि आदित्यलाई बलिउडका सेलेब्रिटीहरुले बधाई दिएका छन् । कतिपयले चाहिँ उनीहरुको बच्चा छोरा हुने या छोरी हुने भन्नेबारे चर्चा गरेका छन् ।

आदित्य र श्वेताको १ डिसेम्बर २०२० मा विवाह भएको थियो । आदित्यले सामाजिक सन्जालमा सेयर गरेको यो तस्वीरमा चाहिँ उनका प्रशंसकहरुले छोरा हुने दाबी गरेका छन् । 

आदित्यले चाहिँ छोरी पितासँग नजिक हुने भएकाले आफूले छोरी चाहेको उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १९:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया