धादिङको गल्छीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङको गल्छी गाँउपालिका–७ भल्टारमा सोमबार बेलुकी सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिद्धलेख गाँउपालिका–६ का ४५ बर्षीय महलाल श्रेष्ठ रहेका छन् । 

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा गल्छी स्थित अम्बे भरोसा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बेलुकी सवा ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी गल्छीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ९:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया