धनुषामा बसको ठक्करबाट एक जनाको मृत्यु

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा गएराती बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका उनलाई गएराती साढे १० बजे ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ९:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया