कञ्चनपुर गड्डाचौकी-चिसापानी राजमार्ग स्तरोन्नतीको काम सुरु

कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतीको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रमअनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नती गर्ने कार्यलाई सुरु गरेको हो ।

कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोन्नतीको कार्य सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोन्नती गर्ने कार्य गरिनेछ । गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरियातर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ । 

डिभिजन कार्यालयले राजमार्ग पुर्नस्थापना तथा स्तरोन्नती कार्यक्रमअन्तर्गत यस वर्षको कार्यक्रम अनुसार १० करोड बजेट पाएको छ । जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो । यसवर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्तरोन्नती कार्यक्रमको लागि डिभिजन कार्यालयलाई प्राप्त बजेट निकै कम हो । कम बजेट भएका कारण स्तरोन्नती कार्यक्रमलाई प्रत्येक वर्ष गरिने गरिन्छ । स्तरोन्नती कार्यक्रमअन्तर्गत नै पूर्वपश्चिम राजमार्गको दैजीदेखि गड्डाचौकीसम्म चौडा पार्ने पनि गरिएको छ ।  





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ९:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया