नेपालको आर्थिक विकास गर्न जापानले १०.४ अर्ब ऋण सहायता दिने

जापानले ऋण सहायता स्वरुप नेपाललाई १०.४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । 

नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने उदेश्यले उक्त रकम उपलब्ध गर्न लागिएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ । 

ऋण सहायता सम्बन्धी सहमतिपत्रमा आज नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् । 

कोरोना महामारीले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बेला उक्त सहयोगले अर्थतन्त्र उकास्न मद्दत पुग्ने विश्वास लिइएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १२:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया