बारामा बेहुली लिन हिँडेको रथ पल्टिदा दुईजनाको मृत्यु

बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा जन्तीको लागि तयार गरिएको रथ पल्टिदा दुईजनाको मृत्यु भएको छ । ब्रम्हबाबाको पूजा सकेर जन्तीको तयारीको लागि हिँडेको रथ सोमबार राति करिब सवा सात बजे पल्टिएको थियो ।

एक्कासि हुइकिएको रथमा सवार दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा १६ जना बढी मानिस घाइते भएका छन् ।  

दुर्घटनामा रथमा सवार आदर्श कोतवाल गाउँपालिका–३ बतरा बस्ने बनारसी रामको छोरी १५ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ जानकीनगर टोल बस्ने दीपेन्द्र रामकी श्रीमती २५ वर्षीया श्रीमती बालकुमारी रामको मृत्यु भएको हो ।

घाइतेमध्ये ९ जनाको कलैयास्थित राज्यलक्ष्मी रिलिफ हस्पिटल प्रालि र सात जनाको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १२:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया