महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।

गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागि मंगलबार त्यहाँ पुगेको हो ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जानकारी दिए ।

उनले अख्तियारले आफ्नो मातहतका काम गरिरहेको र सोही क्रममा उजुरीमाथि छानबिन गर्न स्थलगत अध्ययनका लागि टोली त्यहाँ पुगेको जानकारी दिए ।

पिपरा गाउँपालिकाले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना आदिको बिषयमा अख्तियारमा बिभिन्न ३२ वटा उजुरी परेको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १६:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया