सोलुखुम्बुमा नमुना रंगशाला निमार्ण हुँदै

एक गाउँपालिका एक खेल मैदान अवधारणा सरकारले यसअघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघीय संरचनाअनुसार खेलकुदका गतिविधि पनि सञ्चालन हुन थालिसकेका छन् ।  

समृद्धिको बाटोमा देश अगाडि बढिरहेको अवस्थामा खेलकुद त्यसको सूचक बन्न थालेको छ । एक गाउँपालिका एक खेल मैदानको अवधारणाजस्तै सोलुखुम्बु माप्य दूधकोसी गाउँपालिकाले रंगशाला निर्माणका लागि स्थानीय र गाउँपालिकाको समन्वयमा नमुना रंगशाला निमार्णको काम तीब्र गतिमा अगाडि बढेको छ । 

देशमा संघीयता लागू भएसँगै संघीय गतिविधि पनि आरम्भ हुन थालिसकेका छन् । जुन उदाहरण सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका ४ स्थित कोर्कुमा भइरकेको रंगशाला निर्माणको कामले प्रस्टाएको छ । 

केन्द्रीय सरकारले आर्थिक वर्षको बजेट भाषणबाट एक गाउँपालिका एक खेल मैदान निमार्ण गर्ने योजना अगाडि सारेसँगै खेलकुद विकासका लागि सरोकारवाला जोडिन थालेका छन् । सोहीअनुसार गतिविधि सञ्चालन पनि हुन थालेका छन् । 

सोलुखुम्बुको एक दुर्गम स्थानमा स्थानीयबासी र गाउँपालिकाको समन्वयमा करिब २ सय ७० रोपनीभन्दा बढी जग्गामा रंगशाला निमार्ण भइरहेको छ । स्थानीय जनताले उपलब्ध गराएको जग्गामा रंगशाला निमार्णका लागि गाउँपालिकाले डिपिआर गरेको छ । 

पालिकाकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले बताए ।



रंगशाला निमार्णका लागि स्थानीयले निजि जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम भइरकेको छ । 

पछिल्लो समय खेलकुदबाट नेपालले विश्वमा चर्चा कमाइरहेको भन्दै खेलकुद विकासका लागि आफ्नै इच्छामा रंगशाला निमार्णका लागि जग्गा उपलब्ध गराएको जग्गा धनीहरू बताउँछन् ।



२ सय ७० रोपनीभन्दा बढी क्षेत्रफलमा निमार्ण हुन थालेको रंगशालामा तीन योजना रहेका छन् । फुटबल मैदानमा एथ्लेटिक्स ट्राक सहित निमार्णका कार्य अघि बढिरहेको छ । तीन मैदान मध्येको सबैभन्दा ठूलो फुटबल मैदान हुनेछ भने एक मैदानमा पुरुष भलिबल कोर्ट सहित ब्याडमिन्टन कोर्ट बनाउने योजना रहेको छ । 

एक मैदानमा भने महिला भलिबलको कोर्ट निमार्ण गर्ने योजना रहेको छ । २०७४/७५ को आर्थिक वर्षदेखि सुरु भएको रंगशालालाई अत्याधुनिक बनाउने योजनासहित एकै पटक ब्याडमिन्टन, भलिबल र फुटबल खेल सञ्चालन गर्ने योजनाका साथ काम भइरकेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

खेलकुद क्षेत्र लोकप्रिय भइरकेको अवस्थामा स्थानीय तहले पनि खेलकुद विकासका लागि देखाएको चासो उदाहरणीय छ । सबै स्थानीय तहबाट पनि यस्तै तदारुक्ता देखाए नेपाली खेलकुदमा भएको पूर्वाधार अभावको समस्या सुल्झिन धेरै वर्ष कुर्नु पर्दैन । 

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया