सरकारले विद्यार्थीहरुलाई युक्रेन जान रोक लगाएको छ । अर्को सूचना नभएसम्मका लागि यो व्यवस्था लागू गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले मंगलबार एक सूचना जारी गर्दै युक्रेन अध्ययन गर्न दिइने अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ हाललाई स्थगन गरेको जनाएको हो ।
सूचनामा ‘यो शाखाबाट विदेशी मुलुकमा जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) प्रदान गरिँदै आइएकोमा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थगन गरेको’ उल्लेख गरिएको छ ।
पछिल्लो समय रुसले युक्रेननजिक ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । त्यहाँ जुनसुकै बेला युद्ध हुन सक्ने सम्भावनाका कारण सरकारले विद्यार्थी पठाउन रोक लगाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।