बँदेलको आक्रमणमा परी घाइते भएका एकजनाको मृत्यु

बैतडीमा जंगली बँदेलको आक्रमणमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–१ घोरडीका अन्दाजी ७७ वर्षीय मन्नाम भनिने मनोरथ जोशीको मृत्यु भएको हो।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनका भतिज नवीन जोशीले बताए। सोमबार साँझ गाउँमै पसी जंगली बँदेलले चारजनालाई घाइते बनाएको थियो। 

घाइतेमध्ये वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको र ५० वर्षीय बलदेव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको बताइएको छ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २१:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया