अमेरिका र नेटोले युक्रेन संकट बढाए : रुस

रुसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । 

युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले युक्रेन संकटलाई रुसले नभई अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए । 

यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा रा​खेको र पूर्वी युरोपतर्फ जहाज र लडाकु विमान पठाउन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो । 

अमेरिका र युरोपका केही देशले रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेपछि त्यसमाथि प्रश्न उठाइरहेका छन् । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २१:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया