भारतमा फेरि कोरोना बढ्यो, संक्रमितको संख्या ४ करोड नाघ्यो

भारतमा फेरि नयाँ कोरोना संक्रमितको संख्या बढेको छ । चार दिन संक्रमितको संख्यामा लगातार गिरावट आइरहेको समयमा पछिल्लो २४ घण्टामा भने भारतमा संक्रमित बढेका हुन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ २ लाख ८३ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो । सोमबार भारतमा २ लाख ५५ हजार संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९८ हजार जना कोरोनामुक्त हुँदा ६५९ जनाले भने ज्यान गुमाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख १५ हजार रहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ४ करोड नाघिसकेको छ । जसमध्ये हालसम्म ३ करोड ७३ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ९:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया