कर्णाली प्रदेश : राष्ट्रियसभा निर्वाचनको मतदान जारी, जित सुनिश्चित भएको मुख्यमन्त्रीको दाबी

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि मतदान सुरु भएको छ । कर्णालीमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान सुरु भएको हो । दुइ घेराको सुरक्षा व्यवस्थामा मतदान सुरु भएको हो । सुरक्षा व्यवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ छन् ।

निर्वाचनमा तीन पदका लागि नेकपा एमालेबाट तीन र गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ । यसैबीच, मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनकै जित सुनिश्चित हुने दाबी गरेका छन् । 

‘गठबन्धनबाट कसैले फ्लोर क्रस गर्दैनन्, त्यसैले बाहिरको हल्लामा नलागौँ हाम्रो जित सुनिश्चित हो,’ उनले भने । कर्णाली प्रदेशसभाका ३५ सदस्य र स्थानीय तहका १ सय ५६ पदाधिकारी गरी १ सय ९१ जनाले निर्वाचनमा सहभागिता जनाउँदै छन् । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १०:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया