राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ९४ प्रतिशत मत खस्यो
फाइल तस्वीर

कर्णाली प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा ९४.७६ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म स्थानीय तहको १ सय ४७ र प्रदेशसभा सदस्यको ३४ मत खसेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीका अनुसार स्थानीय तहको ९४.२३ प्रतिशत र प्रदेश सभाको ९७.१४ प्रतिशत मत खसेको हो । रेग्मीले केही स्थानीय तहका प्रतिनिधि आउन बाँकी भएको जानकारी दिइन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रदेशसभा सदस्य सोशिला शाहीले भने निर्वाचनमा भाग नलिएकी हुन् । उनले गठबन्धनमा राप्रपा नभएको कारण भोट हाल्न पनि नगएको शाहीले जानकारी दिइन् । 
निर्वाचन कार्यालयका अनुसार आजै मतगणना गर्ने  र मत परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरिएको हो । 

बिहान नौ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्मका लागि तोकिएको हो ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १३:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया