कतारले आइसोलेसनमा बस्नुपर्ने अवधी घटायो

कतारले आइसोलेसनमा बस्नुपर्ने अवधिलाई ७ दिनमा झारेको छ । कतारले कोभिड-१९ पुष्टि भएका व्यक्तिका लागि आइसोलेसनमा बस्नुपर्ने अवधि ३ दिन कटौती गरि ७ दिनमा झारेको हो ।

जनस्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ पुष्टि भएका व्यक्तिलाई आइसोलेसन र बिरामी बिदाको अनिवार्य अवधि १० दिनबाट घटाएर ७ दिन बनाइएको हो ।

'कोभिड-१८ परीक्षण गर्दा पोजिटिभ नतिजा आएका व्यक्ति ७ दिनको बिरामी बिदा पाउन योग्य हुने छन्,' मन्त्रालयले भनेको छ, 'ती व्यक्तिलाई ७ दिनमा द्रुत एन्टिजेन परीक्षण गर्न आवश्यक हुनेछ । उनीहरूको नेगेटिभ रिपोर्ट आए ८ औँ दिनदेखि काममा फर्किन सक्ने छन् ।'

एन्टिजेन परीक्षण पनि नतिजा पोजिटिभ आए थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार रिपोर्ट पोजिटिभ छ भने ती व्यक्तिले थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ र थप ३ दिन बिरामी बिदा दिइने छ । ११ दिनमा परीक्षणबिना नै काममा फर्किन सक्ने छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लिनिकल प्रमाणहरूका आधारमा आइसोलेसनको समय घटाइएको मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएको ७ दिनपछि धेरै व्यक्तिको रिपोर्ट नेगेटिभ हुने र अरूलाई भाइरस सार्ने जोखिम कम हुने क्लिनिकल प्रमाण भेटिएकाले आइसोलेसनको नियम फेरिएको मन्त्रालयको भनाइ छ ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १५:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया