२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा मतदान सम्पन्न, खसेन दुई मत
फाइल तस्वीर

कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदानको काम सम्पन्न भएको छ । स्थानीय तह र प्रदेश सभाबाट एक–एक मत भने खसेन ।

प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार स्थानीय तहका एक पदाधिकारी र प्रदेशसभाका एक जना सदस्यले मतदान नगरेका हुन् । 



स्थानीय तहका १ सय ५६ पदाधिकारीमध्ये १ सय ५५ र प्रदेश सभाका ३५ जना सदस्य मध्य ३४ जनाले मतदान गरेका हुन् । 

बिहान नौ बजेदेखि तीन बजेसम्मका लागि तोकिएको समयमा १ सय ८९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । 



उनका अनुसार निर्वाचन धाँधलीरहित भएको हो । मतदानको काम सकिएसँगै मत गणनासमेत सुरु गरिने उनले बताइन् ।



  • प्रकाशित मिति : १२ माघ, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया