गण्डकी प्रदेशमा कांग्रेसकी कमला पन्त विजयी

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटामा नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी उनले निकटतम प्रतिस्पर्धी लीला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।

पन्तले तीन हजार ८४ मतभार पाउँदा एमालेबाट उम्मेदवार बनेकी थनेतले दुई ७२४ मतभार पाइन् । 

गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुईजना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छाडेका थिए ।

पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लीला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत मात्र पाइन् ।

पन्त कांग्रेसको भर्खरै सम्पन्न निर्वाचनमा सहमहामन्त्रीमा पराजित भएकी थिइन् । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया