भारतमा थप २ लाख ८६ हजार काेराेना संक्रमित

भारतमा पछिल्लाे २४ घन्टामा २ लाख ८६ हजार ४६० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

पछिल्लाे दिनकाे तुलनामा एक हजार ४५४ कम संक्रमित भेटिएका हुन् । मंगलबार २ लाख ८५ हजार ९१४ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

यसैगरी ५७४ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा दुई लाख ९९ हजार ७३  संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २२ लाख २३ हजार १८ रहेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ८५ हजार ११६ पुगेको छ भने हालसम्म चार लाख ९१ हजार १२७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ५०.४३ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।



 

 



 

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ७:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया