एकैदिन ३५ लाखभन्दा बढी कोरोना संक्रमित थपिए, १० हजारभन्दा बढीको मृत्यु

पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ३५ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु भएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधबार विश्वमा ३५ लाख २४ हजार ६४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् । सो अवधिमा अमेरिकामा ५ लाख ३३ हजार ३१३ जनामा कोरोना पुष्टी भएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा फ्रान्समा ४ लाख २८ हजार ८, भारतमा २ लाख ८६ हजार ३८४, ब्राजिलमा २ लाख १९ हजार ८७८, बेलायतमा १ लाख २ हजार २९२, रुसमा ७४ हजार ६९२, टर्कीमा ७७ हजार ४३४, इटालीमा १ लाख ६७ हजार २०६, स्पेनमा १ लाख ३३ हजार ५५३ र जर्मनीमा १ लाख ८८ हजार ७५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

अमेरिकामा एकैदिन ३१ सयभन्दा बढीको मृत्यु 

कोरोना भाइरसका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १० हजार ३५२ जनाको मृत्यु भएको छ । 



वल्डोमिटर्सका अनुसार अमेरिकामा मात्र उक्त अवधिमा ३ हजार १४३ जनाको मृत्यु भएको छ । 

बितेको चौबिस घण्टामा भारतमा ५७५, ब्राजिलमा ६०६, फ्रान्समा २५८, बेलायतमा ३४६, रुसमा ६५७, टर्कीमा १८८, इटालीमा ३६२, स्पेनमा २१५, जर्मनीमा १८४, अर्जेन्टिनामा ३१६, कोलम्बियामा २८२, मेक्सिकोमा ४७५, पोल्याण्डमा २७६, युक्रेनमा १४१, क्यानडामा २२६, अष्ट्रेलियामा १०५ र भियतनाममा १५५ जनाको मृत्यु कोरोनाको कारण भएको छ । 



अघिल्लो साताभन्दा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या १४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो साता कोरोनाका कारण विश्वमा ५९ हजार ३३६ जनाको मृत्यु भएको छ भने अघिल्लो साता यो संख्या ५२ हजार रहेको थियो । 

कोरोना संक्रमितको संख्या भने अघिल्लो साताको तुलनामा पछिल्लो साता ८ प्रतिशतले वृद्धि भएको देखिएको छ । 

वल्डोमिटर्सका अनुसार पछिल्लो साता विश्वमा २ करोड ३३ लाख ८१ हजार ५१९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । अघिल्लो साता यो संख्या २ करोड १७ लाख २८ हजार ६१० रहेको थियो । 

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १०:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया