दक्षिण कोरियामा गत २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना महामारी सुरु भएयताकै एकैदिनमा सबैभन्दा धेरै व्यक्तिमा कोरोना पुष्टि भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घण्टामा १४ हजार ५७१ संक्रमित देखिएका हुन् । यो संक्रमण संख्या यहाँ कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

योसँगै दक्षिण कोरियामा कुल संक्रमितको संख्या ७ लाख ७७ हजार नाघेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ ।

पछिल्लो दिनहरूमा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  दक्षिण कोरियामा गत २४ घण्टामा ३४ संक्रमितको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ६५४ जना पुगेको छ । –सिन्ह्वा 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १२:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया