अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कालोनीलाई कोरोना संक्रमण

अर्जेन्टिना फुटबल टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले चिलीविरुद्धको विश्वकप छनोट खेल गुमाउने भएका छन् ।

कोभिड–१९ पोजेटिभ देखिएपछि स्कालोनीले बिहीबार हुने विश्वकप छनोटको खेल गुमाउने भएका हुन् ।

त्यस्तै, अर्जेन्टीनाका मुख्य खेलाडी तथा फर्वाड लियोनल मेस्सीले पनि चिलीविरुद्धको खेल गुमाउने छन् ।

मेस्सी पनि कोभिड संक्रमित भएका कारण खेल गुमाउने भएका हुन् । संक्रमणबाट बाहिर निस्कने प्रयासमा रहेका मेस्सी अझै ठीक भने भएका छैनन् ।

मेस्सीको स्थानमा पाउलो डेबालाले खेल्ने सम्भावना रहेको बताइएको छ । यसबारे आधिकारिक घोषणा भने भएको छैन ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिल यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भइसकेका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १३:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया