राष्ट्रिय आविष्कार केन्द्रले ग्रामीण स्वास्थ्य चौकीलाई सिटामोल उपलब्ध गराउने भएको छ । केन्द्रले स्वास्थ्य चौकीहरूलाई निःशुल्क सिटामोल वितरण सुरु गरेको हो ।
कोरोना भाइरसको तेस्रो लहरसँग देशभरका स्वास्थ्य संस्थामा सिटामोलको अभाव देखिएको छ । त्यसैलाई मध्यनजर गर्दै केन्द्रले प्रतिस्वास्थ्य चौकी बढीमा ३ हजार ट्याब्लेटसम्म उपलब्ध गाउने भएको हो ।
तत्काल देखिएको सिटामोल अभावको अवस्था सहज नहुँदासम्मका लागि अभियान सञ्चालन गरिने केन्द्रका अध्यक्ष महावीर पुनले बताए ।
'हामीसँग धेरै मौज्दात त छैन तर पनि सम्पर्क गरेअनुसार अभाव भएका स्वास्थ्य चौकीमा कमसेकम ३ हजार ट्याब्लेटसम्म सिटामोल दिने प्रयास गरेका छौं' पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।