मन्त्री यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी
फाइल तस्वीर

साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको आरोपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।

यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका नेता रन्जित कर्णले उजुरी दिएका हुन् । उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरेको उनको आरोप छ । मन्त्री यादवको उक्त अभिव्यक्तिपछि चौतर्फी विरोध भइरहेको छ । साथै मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न क्षेत्रका दबाब पनि आइरहेको छ ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १६:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया