राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपतिको सरकारी निवास शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच करिब १ घण्टा संवाद भएको बताइएको छ । बिहीबार ३ बजेदेखि चार बजेसम्म प्रधानमन्त्री र राष्ट्रपतिबीच संवाद भएको हो ।

राष्ट्रियसभाको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । साथै, स्थानीय तहको चुनावको विषयले पनि नेपालको राजनीति तातेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच सरकारका नियमित काम कारबाहीबारे संवाद भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले बताए ।

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले १९ सिट जितेको थियो । बुधबार सातै प्रदेशमा १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन भएको थियो, जसमा एक सिट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जितेको छ ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया