२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

बझाङ कारागारमा कैदीबन्दी भेटघाटमा रोक

बझाङमा तीव्र रुपमा कोरोना महामारीको तेस्रो भेरियन्ट बढ्न थालेपछि थप सुरक्षा संयमता अपनाइएको छ । जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक सय नाघेपछि थप स्वास्थ्य सुरक्षा संयमता अपनाइएको हो । 

जिल्लास्थित सरकारी कार्यालयहरुले अनिवार्य रुपमा खोपकार्डको प्रयोगलाई बढाएका छन् भने जिल्ला प्रशासन कार्यालयलगायत भिडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा दिन थालेका छन् ।



त्यसैगरी, बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला कारागार बझाङले पनि कैदी भेटघाटमा रोक लगाएको छ ।जिल्लाका कोरोनाको संक्रमण तीव्र रुपले बढेको भन्दै कारागार बझाङमा रहेका थुनुवा र कैदीबन्दीलाई भेट्न नपाउने बताएको छ ।
 
भेटघाटका क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भएका कारण घेटघाट गर्न रोक लगाउन भन्दै जिल्ला प्रशासनले दिएको आदेशअनुसार नै भेटघाट गर्न रोक लगाएको कारागार बझाङले जनाएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि थुनुवा तथा कैदीबन्दीलाई भेटघाटमा प्रतिबन्ध लगाएको बझाङ कारागारका प्रमुख धनबहादुर घर्तीले बताए । 



नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले र तीव्र रुपमा सर्ने भएका कारण भेटघाटमा प्रतिबन्ध लगाउँदै भेटघाटका लागि आउने कैदीका आफन्तलाई गेटबाटै फर्काउने गरेको उनको भनाइ छ । 

जिल्ला अदालत बझाङले सजाय सुनाएका वा पुर्पक्षका लागि पठाइने कैदीबन्दीको कोरोना परीक्षण अनिवार्य गरिएको छ । २५ जना क्षमता भएको कारागारमा अहिले क्षमताभन्दा झण्डै तेब्बर बढी ७९ जना थुनुवा तथा कैदी रहेका छन् । 

भवनअभावका कारण महिलाहरुलाई भने कैद भुक्तानका लागि अन्यत्र जिल्ला पठाउने गरिएको छ ।



  • प्रकाशित मिति : १३ माघ, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया