ज्ञानेन्द्रसहित ४ खेलाडीलाई सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने निर्णय फिर्ता
फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका चार खेलाडीलाई ६ महिना अनुबन्धन (सेन्ट्रल कन्ट्याक्ट)बाट बाहिर राख्ने निर्णय फिर्ता लिएको छ ।

क्यानको बिहीबारको बैठकले ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको अनुबन्धनबाट बाहिर राख्ने यसअघिको निर्णय फिर्ता लिएको हो ।

त्यस्तै आजको बैठकले गुलशन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यस्तै,  क्यानले महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यानले क्रिकेटर ललितनारायण राजवंशीको उपचारका लागि एक लाख पचार हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २१:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया