संक्रमित भएर आइसोलेसनमा नबस्नु ‘बहादुरी’ होइन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोनाको संक्रमण पुष्टिपछि आइसोलेसनमा नबस्नुलाई ‘बहादुरी’ मान्न नसकिने बताएका छन् । संक्रमित भएर पनि आइसोलेसनमा नबस्नुलाई उनले गैर-जिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लङ्घन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत भएको बताए । 

संक्रमितहरू आइसोलेसनमा नबसी खुलमखुला हिँडेर संक्रमण फैलाएको चर्चा चलिरहेको बेला महामन्त्री शर्माको आक्रोशपूर्ण अभिव्यक्ति हो । उनी केही दिनअघि संक्रमित भएका थिए । संक्रमित भएपछि आइसोलेसनमा बसेर उनी स्वस्थ भइसकेका छन् । 

उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन, गैह्र जिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो । यही ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार ११:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया