‘एसिया प्यासिफिक समिट नेपालको पहिचान सक्ने ग्रान्ड डिजाइन’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन पूर्वप्रहरी परिषद्ले गत हप्ता काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलन एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान समाप्त पार्ने ग्रान्ड डिजाइनको एउटा रूप भएको विश्लेषण गरेको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न परिषद्को केन्द्रीय कार्यसमिति बैठकले यस्तो विश्लेषण गरेको हो ।

परिषद्का केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति आपत्ति जनाएको छ ।

गलत अभ्यास सुरु भएकाले यसले ठूलो रूप लिन सक्ने र राष्ट्रियता नै खतरामा पर्न सक्ने परिषद्को निश्कर्ष छ ।

नेपाली समाज भाँड्ने बदनीयतले गरिएको अभ्यासविरुद्ध अवाज उठार्इ सम्पूर्ण नेपाली जनता एक भर्इ परास्त गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १७:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया